चार नयाँ विश्वविद्यालय खोल्ने मन्त्रालयको तयारी

काठमाडौँ, १७ पौष । राष्ट्रिय योजना आयोगका (शिक्षा हेर्ने) सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित समितिले एकीकृत उच्च शिक्षा ऐन नआउँदै केन्द्रीय विश्वविद्यालय स्थापना गर्न नहुने सुझाव दिएको छ । उच्च शिक्षा नियमन तथा सञ्चालनमा देखिएको दोहोरोपन हटाउन यस्तो सुझाव दिइएको हो ।

समितिले प्रस्तावित उच्च शिक्षा ऐनको प्रावधान एवं मापदण्डअनुसार हुने गरी विश्वविद्यालय अनुदान आयोगको परामर्शमा मात्रै विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिएको छ । हाल विश्वविद्यालयको संख्या ११ बाट बढेर १३ पुगेको छ । प्रदेशअन्तर्गत पनि विश्वविद्यालय खुलिसकेका छन् भने ४ वटा विश्वविद्यालय खोल्ने मन्त्रालयले तयारी गरेको छ ।

यसरी मनलाग्दी विश्वविद्यालय सञ्चालन गर्दा विश्वविद्यालय अनुदान आयोगको औचित्यमाथि प्रश्न उठेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार