स्ववियु चुनावको तयारी तीव्र: त्रिविमा आज परिषद्को पहिलो बैठक

काठमाडौँ, ५ पौष । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ ।

विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई फागुन १४ मै गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने स्पष्ट पारे ।

तोकेकै मितिमा निर्वाचन गर्नेगरी तयारी थालिरहेको जानकारी दिँदै उनले भने, ‘पहिलो बैठकपछि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेका छौं । यसका लागि सरकारको पूर्ण सहयोगको आवश्यक्ता छ ।’ उनका अनुसार बैठकले निर्वाचनको कार्यतालिका तयारीका विषयमा छलफल गर्न विद्यार्थी संघ संगठनलाई औपचारिक पत्राचार गर्ने लगायतका विषयमा निर्णय गर्नुका साथै बैठकपछि त्रिविले सुरक्षा निकाय र दलका नेता लगायतसँग छलफल गर्ने तयारी थाल्नेछ।

यसअघि त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्रालय लगायतसँग छलफल गरिसकेको छ । त्रिविका रेक्टर प्राडा शिवलाल भुषालको अध्यक्षतामा हुने बैठकमा त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहाल उपाध्यक्ष रहने व्यवस्था छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले

काठमाडौँ, २० भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित