अमेरिकामा ‘छक्का पन्जा २’ लाई पपुलर फिल्म अवार्ड

(भदौ १८, अमेरिका) । अमेरिकामा आयोजना भएको ‘नेम्पा पपुलर फिल्म अवार्ड’ मा ‘छक्का पन्जा २’ लाई पपुलर फिल्म अवार्ड प्रदान गरिएको छ ।

अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म आयोजना भएको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’ अमेरिकामा रहेका नेपाली संगठनहरु एन्मा, नासिया र एनाले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

अवार्डमा पपुलर फिल्मतर्फ ‘छक्का पन्जा २’, पपुलर निर्देशकको विधामा दिपाश्री निरौला, पपुलर सह-नायिकाको विधामा नीता ढुंगानालाई अवार्ड प्रदान गरिएको थियो । यस्तै, पपुलर हाँस्य कलाकारमा केदार घिमिरे र विल्सन विक्रम राइ, पपुलर सह-अभिनेता जितु नेपाल, पपुलर कोरियोग्राफरको विधामा कविराज गहतराजले अवार्ड प्राप्त गरेका थिए ।

उक्त अवार्डमा सहभागी हुनका लागि निर्देशक दिपाश्री निरौला, नायक भूवन केसी, हाँस्य कलाकारहरु जितु नेपाल, विल्सन विक्रम राई, नायिका नीता ढुंगाना, कलाकार सुनिल थापा लगायत अमेरिका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल

काठमाडौँ, १ असोज । २०८३ साल असोज १ गते बिहीबारको राशिफल ।    मेष : दिन सामान्य  राम्रो  छ । साना

काठमाडौँ, ३१ भदौ । सामाजिक सञ्जालमामार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार विदेशी

काठमाडौँ, ३१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बर्दिबासमा कार्यरत नापी सर्वेक्षक शिवकुमार साहलाई रु एक लाख घुससहित पक्राउ