सोलुका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति

सोलुखुम्बु, ३ पौष । सोलुखुम्बु जिल्लाका पाँच सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । जिल्लाको विभिन्न विद्यालयका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लोरेन नेपाल फ्रान्स नामक गैरसरकारी संस्थाले सो छात्रवृत्ति प्रदान गरेको हो ।

जिल्लाको फुङबोचेका २५, रिङमुका १४, फेरोका ४२, नेले, फाप्लु, लुरा, तामाखानी र गार्मा एक सय ३०, काकु र खास्तावका ८०, हेवाका ५०, चारघरे, सालाबेँसी र तुम्बुकका एक सय ५९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको संस्थाका नेपाल संयोजक निमा शेर्पाले बताए ।

गत मङ्सिर २५ गतेबाट सुरु भएको छात्रवृत्ति  वितरण कार्यक्रम शुक्रबार सकिएको संस्थाले जनाएको छ । विगत लामो समयदेखि लोरेन नेपालले सोलुखुम्बुका विभिन्न क्षेत्रका जेहेन्दार र आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार