सीटीभीटीले ‘महुरे बहुउद्देश्यीय प्राविधिक शिक्षालय’को काम द्रुत गतिमा अघि बढाउने

काठमाडौँ, १ पौष । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलको ध्यानाकर्षणपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीभीटी)ले खोटाङको दिक्तेल नगरपालिकामा नुनथलाको मौर्य बहुउद्देश्यीय प्राविधिक शिक्षालयको काम द्रुत गतिमा अघि बढाउन तयार भएको छ ।

शुक्रबार सीटीभीटीमा सरोकारवालासँग भएको छलफलमा भवन निर्माणदेखि शैक्षिक गुणस्तर कायम गर्ने र क्षेत्र विस्तार गर्ने विषयमा तत्कालै प्रभावकारी काम अघि बढाउन तयार भएको केन्द्रीय सदस्य पौडेलले दैनिकीलाई जानकारी दिए । पौडेलले  खोटाङ जिल्लाको विकास निर्माणमा भैरहेको ढिलासुस्ती र लापरवाहीकोविरूद्धमा स्थानीयस्तरबाटै आवाज उठाउँदै अहिले काठमाडौँ प्रवेश गरेका छन । उनले विगतदेखि नै जनचासोका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन । 

यसअघि जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारीमार्फत मौर्य प्राविधिक शिक्षालयका बारेमा पनि ध्यानाकर्षण गराएका थिए । शिक्षालयमा निर्माण व्यवसायीको ढिलासुस्तीले भवन निर्माणको काम अवरूद्ध जस्तै बनेकोछ ।

पौडेलले शुक्रबार सीटीभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, पोलिटेक्निक निर्देशक देवेशचन्द्र देवकोटा, योजना  आयोगका सदस्य डा उषा झा मौर्य शिक्षालयका प्रमुख पुष्प प्याकुरेल, पाठ्यक्रम अधिकृत डाकुरनाथ पराजुली, सीप परियोजना प्रमुख दामोदर देवकोटा, स्तरन निर्धारण महाशाखा प्रमुख मीनराज अधिकारीसँग भएको संयुक्त छलफलमा भवन निर्माण, शैक्षिकस्तर उन्नती र क्षेत्र विस्तारको विषय जोडतोडका साथ उठाएका थिए ।

सोही क्रममा एमालेका केन्द्रीय सदस्य पौडेल नेतृत्वको प्रतिनिधि मण्डलसँग सीटीभीटीको नेतृत्वले तत्काल कमीकमजोरी सुधार गर्दै अघि बढ्ने सहमति जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, २० भदौ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा

नुवाकोट, २० भदौ । विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा आज दुई जना नागरिकलाई जीवितै उद्धार गरिएको छ। उद्धार

सुर्खेत, २० भदौ । वीरेन्द्रनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बराहताल गाउँपालिका—४ तरङ्गाका १९ वर्षीय जीवनबहादुर शाहीको मृत्यु भएको छ

बाजुरा, २० भदौ । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ