विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा : फाइनल पुग्न अर्जेन्टिना र क्रोएसिया तथा फ्रान्स र मोरक्को खेल्ने

काठमाडौँ, २५ मंसिर । फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिएसँगै विश्व कपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हाे ।

यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल मङ्गलवार राति पौने १ बजे हुनेछ ।

यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ । फाइनल खेल पुस ३ गते आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्