विश्वकप रिपोर्टिङ गरिरहेका खेल पत्रकार ग्रान्ट वाहलको मृत्यु

काठमाडौँ, २४ मंसिर । खेल पत्रकारितामा कलम चलाउँदै आएका एक प्रतिष्ठित अमेरिकी फुटबल पत्रकार ग्रान्ट वाहलको शुक्रबार कतारमा निधन भएको छ । पत्रकार वाहल दोहामा जारी विश्वकप क्वाटर फाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्याण्डबीचको खेल हेरिरहेका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार खेलको अन्तिम मिनेटमा वाहल प्रेस बक्समा थिए । सोही बेला अचानक उनको स्वास्थ्य अवस्था गम्भीर बन्यो ।  खेल चल्दाचल्दै नै एक्कासि ढलेपछि पत्रकारहरूले मेडिकल टिम बोलाएका थिए । रंगशालामै उनलाई २० मिनेटसम्म सीपीआर गरिएको थियो । यूए सकरले शनिबार बिहान एक वक्तव्य जारी गर्दै ग्रान्टको लुसेल रंगशालामा खेल हेर्ने क्रममा शुक्रबार हृदयघातका कारण निधन भएको जनाएको छ । फुटबलका प्रशंसक र उच्च स्तरको पत्रकार गुमाउनु पर्दा दु:खी भएको यूएस सकरले विज्ञप्तिमा जनाएको छ ।

फक्स स्पोर्ट्स र अमेरिकी म्यागजिनमा काम गरेका ग्रान्टका सामग्री पछिल्लो समय डिजिटल माध्यम ‘सबस्ट्याक’ मा पढ्न पाइन्थ्यो । उनका ‘द बेकह्याम एक्सपेरिमेन्ट’, ‘मास्टर्स अफ मोडर्न सकर’ र ‘फुटबल २.०’ पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः