‘क्रान्तिकारी सन्त’ भनेर चिनिने संसद तरुण सागरको निधन

 (भदौ १६, काठमाडौं) । ‘क्रान्तिकारी सन्त’ भनेर चिनिने भारतका जैन मुनि तरुण सागरको निधन भएको छ ।

उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए ।  शनिबार बिहान सवा तीन बजे दिल्लीको शाहदरास्थित कृष्णानगरमा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

उनको शव यात्रा दिल्लीको राधेपुरबाट सुरु हुने छ र २८ किलोमिटरको दूरी पार गर्दै दिल्लीको मेरठ हाइवेस्थित तरुणसागर तीर्थस्थलमा अन्तिम संस्कार गरिने छ ।

तरुण सागर कडा प्रवचनका कारण चर्चित थिए । उनी निर्बस्त्र हुन्थे । शरीरमा एकसरो कपडा समेत नलगाएरै उनले भारतका धेरै विधानसभामा पनि प्रवचन दिएका छन् ।

 उनको जन्म २६ जून १९६७ मा दमोहमा भएको थियो । उनले ८ मार्च १९८१ मा गृहस्थ जीवन त्यागेर छत्तिसगढमा दीक्षा लिन गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३