जनवरीदेखि सुरु हुँदै फाइभजी

काठमाडौँ, २० मंसिर । नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

“जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उनले भने । टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको अधिकारीले जानकारी दिए । मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको थियो । सरकारको सोही निर्णयअनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकमलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो । 

प्राधिकरणले टेलिकमलाई एक वर्षसम्म फाइभजी परीक्षण गर्न पाउने समय सुविधा उपलब्ध गराएको छ । उपकरण जडान कार्य सम्पन्न भएको प्राधिकरणलाई जानकारी गराएपछि परीक्षण अवधि सुरु हुने सर्त राखिएको छ । टेलिकमले सोहीअनुसार उपकरण जडान र परीक्षणको काम गरिरहेको हो । आन्तरिक परीक्षण सफल भएपछि टेलिकमले सर्वसाधारणका लागि यो खुला गर्नेछ । जनवरीदेखि खुला गर्ने तयारी गरिरहेको टेलिकमले आफ्ना ग्राहकका लागि भने यो सुविधा निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र

काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक

काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ