बस दुर्घटनामा मानवीय क्षति : तीन मन्त्रीद्वारा राजीनामा

(भदौं १६, एजेन्सी) । बुल्गेरियामा बस दुर्घटनामा मानवीय क्षति भएको भन्दै त्यहाँका सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला गरी तीन मन्त्रीले राजीनामा दिएका छन् ।

यातायात मन्त्री इभायलो मोस्कोभस्की, आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभ र क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार राजीनामा दिएका हुन् ।

पश्चिम बुल्गेरियाको राजधानी सोफियाबाट ५० किलोमिटरको दूरीमा पर्ने पश्चिम भागमा अघिल्लो शनिबार पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । १३ को घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको एपीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बस चालकलाई मात्रै दुर्घटनाको दोषी देखाएको भए पनि त्यहाँको सरकारको चर्को आलोचना भएको थियो । आलोचनापछि बुल्गेरियाका प्रधानमन्त्री बोय बोरिसोभले ३ मन्त्रीलाई राजीनामा दिएर नैतिकता देखाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि