‘चौका दाउ’ को पहिलो गीत रिलीज (भिडियो सहित)

(भदौ १६, काठमाण्डौ) । पुर्नेन्दु झाको निर्देशनमा रहेको फिल्म ‘चौका दाउ’ को पहिलो गीत ‘राधा पियारी…’ बोलको म्यूजिक भिडियो  रिलिज भएको छ ।

हास्यकलाकारहरुको बाहुल्यता रहेको कमेडी फिल्म पहिलो गीत चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले स्वर रहेको छ ।
उनलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छन् । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको गीतमा गायक बाँस्कोटा स्वयमको संगीत रहेको छ ।

कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा अभिनेत्री बर्षा राउतलाई उक्त म्यूजिक भिडियोमा देख्ना सकिन्छ । संगीतकार बाँस्कोटाको कथा रहेको उक्त फिल्ममा तैयव शाह, निर्मल शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ ।

सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निमार्ण रहेको यो फिल्मलाई दिर्घ गुरुङले छायांकन गरेका छन भने सो फिल्मको सम्पादन मित्र डि.गुरुङको रहेको छ ।

भिडियो 

 

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित