पेनाल्टीमा चुक्दा रिस उठ्यो, अब अर्को विश्वकप सुरु भएको छ : मेसी

काठमाडौँ, १५ मंसिर । कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अर्को विश्वकप सुरु भएको बताएका छन् । 

पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाको नकआउट चरण पुग्ने समीकरण कठिन बनेको थियो । तर, दोस्रो खेलमा मेक्सिको र अन्तिम खेलमा पोल्यान्डलाई समान २–० को नतिजामा हराउँदै अर्जेन्टिनाले विश्वकप २०२२ को अन्तिम–१६मा स्थान पक्का गरेको छ । 

“पेनाल्टीमा चुक्का रिस उठेको छ । तर मेरो त्यो गल्तीपछि टोली अझ बलियो भयो । हामीलाई थाहा थियो कि एक गोल भएपछि खेल परिवर्तन हुनेछ,’’ मेसीले खेलपछि भने, “अघिल्लो खेलको नतिजाले हामीलाई धेरै मानसिक शान्ति दियो । हामी जित्नुपर्छ भन्ने सोचेर मैदानमा निस्कियौँ ।’’

अर्जेन्टिनाले ३९औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । तर, मेसीको प्रहारलाई पोल्यान्डका गोलपिकर वोइच चेजनीले बचाइदिएका थिए । जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रो पटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए । विश्वकपको एकै संस्करणमा दुई पेनाल्टी बचाउ गर्ने चेजनी दोस्रो गोलकिपर बनेका छन् । यसअघि १९६६ मा फ्रान्सका जोल बोटले यस्तो सफलता हासिल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्