एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

काठमाडौँ, १४ मंसिर । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ ।

मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र सङ्ख्या हो । सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्डलाई निष्क्रिय बनाउँदा प्रयोगकर्ताको सङ्ख्या तथ्याङ्कमा घट्ने गरेको छ । प्राधिकरणले एक वर्षसम्म प्रयोग नभएका सिमकार्ड सेवा प्रदायकले निष्क्रिय बनाउन सक्ने व्यवस्था लागू गरेको छ । प्राधिकरणका अनुसार कुल मोबाइल प्रयोगकर्तामध्ये नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या दुई करोड सात लाख नाघेको छ । त्यस्तै एनसेलको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या एक करोड ७१ लाखमाथि छ । स्मार्ट टेलिकमले करिब २४ लाख सिमकार्ड बिक्री गरेको छ । 

घटेका मोबाइल प्रयोगकर्तामध्ये अधिकांश नेपाल टेलिकमका ग्राहक छन् । असारसम्म टेलिकमले दुई करोड १३ लाख ७७ हजार सिमकार्ड बिक्री गरेकामा साउनमा यो सङ्ख्या घटेर दुई करोड सात लाखमा सीमित भएको छ । टेलिकमका मात्रै उक्त अवधिमा छ लाख ७४ हजारभन्दा धेरै ग्राहक घटेका छन् । उक्त अवधिमै एनसेलका प्रयोगकर्ता बढ्दा समग्रमा एक महिनामा मोबाइल प्रयोगकर्ताको सङ्ख्या छ लाखले घटेको देखिएको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः