वार्षिक वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको स्वीकृति चाहिने

(भदौ १५, काठमाडौं) । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आफ्नो स्वीकृति लिएर मात्रै वार्षिक वित्तीय विवरण प्रकाशन गर्न निर्देशन दिएको छ ।

भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट अनुमति लिएका संस्थाहरुलाई चालु आर्थिक वर्षदेखि लागू हुने गरी यस्तो निर्देशन दिइएको हो । मापदण्ड पूरा गरेर पेश गर्नुपर्ने र स्वीकृति प्रदान भएपछि मात्रै वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्थाहरु बाहेक) संघरसंस्थाहरुले सञ्चालक समितिबाट वार्षिक आर्थिक कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गरी सोको जानकारी समेत अनिवार्य रुपमा आफूलाई दिनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

यसैगरी आर्थिक वर्ष समाप्त भएको ४ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । उक्त लेखापरीक्षण सञ्चालक समितिबाट निर्णय गरी १ महिनाभित्र राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्