युएईले नेपाललाई दियो २५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

(भदौ १४, काठमाडौं) । एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ भने सन्दिप लामिछानेले ४ विकेट लिए ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनायो । १२.१ ओभरमा बसन्त रेग्मीले युएईका अश्फाक अहमदलाई ४५ रनमा एलबीडब्लू धरापमा पारे । अर्को ओभरको पहिलो बलमै सन्दीप लामिछानेले कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गरे ।

यूएईविरुद्ध पूरै १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । सन्दीपले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट गराएका थिए । त्यस्तै, ४४.५ बलमा अर्को विकेटको रुपमा मोहम्मद नभिदलाई शुन्य रनमा आउट गराउँदै एकै ओभरमा २ विकेट पूरा गरे ।

नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २(२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि