टी–२० विश्वकपमा इंग्ल्याण्ड सेमिफाइनलमा

काठमाडौँ, १९ कार्तिक । श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सिड्नीमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो ।

श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य इंग्ल्याण्डले  ६ विकेट गुमाएर २ बल बाँकी छँदै भेटायो । उसका लागि एलेक्स हल्सले ४७ र बेन स्टोक्सले नटआउट ४२ रन बनाए । श्रीलंकाका लाहिरु कुमारा, वानिन्दु हसरंगा र धनञ्जय डि सिल्भाले २/२ विकेट लिए ।

आजको नतिजाले आयोजक अष्ट्रेलिया समेत प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्याण्डसँग समान ७ अंक भए पनि रन रेटका आधारमा पछि पर्दै अष्ट्रेलिया बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः