काठमाडौँ, १९ कार्तिक । सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको सेमि-फाइनलमा पुगेको छ ।
कर्णाली प्रदेशलाई ४४ रनले हराएसँगै एपीएफ अन्तिम चारमा पुगेको हो । कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश ११ बल बाँकी छँदै १ सय ९० रनमा अलआउट भयो । उसका लागि रवीन्द्र शाहीले सर्वाधिक ८० रन बनाए ।




