काठमाडौँ, १६ कार्तिक । त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा एक हप्ता विदा दिने तयारी गरेको छ ।
जाडोको विदामा समायोजन गर्ने गरी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको बताइएको छ ।
चुनावका बेला विद्यार्थीहरु पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरुमा मतदान केन्द्रहरु परेको भएकोले एक हप्ता विदा दिने तयारी रहेको छ । विदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।





