एनआइसी एशियाको ऋणपत्र जारी : ११ प्रतिशत ब्याजदरमा

(भदौ १२, काठमाडौं)। एनआइसी एसिया बैंकले सात बर्षे अवधिको १ अर्ब ८३ करोड बराबरको ११ प्रतिशत ब्याजदर ऋणपत्र जारी गर्ने भएको छ ।

सो ऋणपत्रको निष्काशन भदौ २१ गतेदेखि हुनेछ । भदौ २५ गतेसम्म आवेदन खुला रहनेछ । सो अवधिमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असोज १९ गतेसम्मका लागि बिक्रि खुला गरिने एनआइसी एसियाले जनाएको छ ।

एनआइसी एसिया डिबेन्चर २०८२÷०८३ नाम दिइएको यस ऋणपत्र प्रतिकित्ता  १००० रुपैयाँ अंकित मूल्य हो । यसको लागि आवेदन फारम नबिल इन्भेष्टमेन्ट बैंकिंङ नक्साल र एनआइसी एसियाको कार्यालय र शाखा कार्यालयमा भर्न र बुझाउन सकिनेछ ।

बैंकको पुँजीकोष बृद्धिको लागि ऋणपत्र जारी गर्न लागेको बैंकद्धारा प्रकाशित आव्हानपत्रमा भनिएको छ ।  यस ऋणपत्रबाट प्राप्त रकम कर्जा सापटमा ८० प्रतिशत, लगानीमा १० प्रतिशत, शाखा विस्तारमा ५ प्रतिशत र अन्यमा ५ प्रतिशत प्रयोग गर्ने बैंकको आह्वानपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्