महिला फुटबलमा गण्डकी विजयी  

काठमाडौँ, २८ असोज । गण्डकी प्रदेशले शुक्रबार नवौँ राष्ट्रिय खेलकुदको महिला फुटबलमा कर्णाली प्रदेशलाई ३–० ले हराएको छ । 

स्याङ्जाको वालिङमा जारी प्रतियोगितामा गण्डकीले ३३ औँ मिनेटमा शान्ती नेपालीको गोलबाट अग्रता लिएको थियो । ५८ औँ मिनेटमा उदयाले गण्डकीको अग्रता दोब्बर बनाइन् । ६६ औँ मिनेटमा उदयाले व्यक्तिगत दोस्रोे गोल गरेपछि गण्डकीले सहज जित हासिल गरेको हो ।

जितसँगै गण्डकी प्रदेशले समूह ‘सी’मा तीन अंक जोडेको छ । समूह ‘सी’मा चार टिम छन् । गण्डकी र कर्णालीसँगै प्रदेश–१ र सशस्त्र प्रहरी बल (एपीएफ) छन् । समूह ‘सी’मा चार टिम भएकाले विजेता र उपविजेता टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ‘ए’ र ‘बी’मा तीन टिम छन् । ‘ए’ र ‘बी’ दुवै समूहबाट विजेता टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः