श्रीमानको मृत्यु भएको केही छिनमै श्रीमतीको मृत्यु

(भदौ ९, एजेन्सी) । इजिप्टको पाँच तारे होटलमा एक जोडीको केही घण्टाको अन्तरालमा नै  मृत्यु भएको छ ।

श्रीमान जोन र श्रीमती सुसन कुपरको मृत्युपछि थोमस कुक होलिडे ट्राभल कम्पनीले रेड सी रिसोर्टमा रहेका तीन सय एक आगन्तुकलाई उक्त होटल तत्काल छाड्न आग्रह गरेको छ ।

जोन र सुसनको मृत्युको कारणबारे अनुसन्धान चलिरहेका बेला ओर्मेरोडे स्थानीय अधिकारीलाई होटलको बिग्रिएको एयर कन्डिशनरका कारण आमाबुवाको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेकी छिन् ।

अहमद अब्दुल्लाह, रेड सी प्रान्तका गर्भनरले ६९ वर्षे जोन र उनकी ६४ वर्षकी श्रीमतीको प्राकृतिक मृत्यु भएको बताएका छन् ।

केली उनीहरुको छोरी हुन्  उनले भनिन  ‘होटलको रुममा केही न केही भएको हुनुपर्छ जसका कारण आमाबुवाको मृत्यु भयोु उनले भनिन

‘म करिब ११ बजेतिर उहाँहरुको रुममा गएँ । आफूहरु निकै बिरामी भएकाले सहयोग चाहिएको बताउनुभयो । मैले उहाँहरुलाई आफ्नै अगाडि मृत्युवरण गरेको देखें । मृत्यु हुँदा दुबैको स्थिती, लक्षण एउटै थियो ।’

‘मलाई विश्वास छ केही न केही गडबडी छ । कोठामा केही न केही भएकै हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि