‘नाइँ नभन्नू ल ५’ मा सेड्रिना र अनुभवको काम उत्कृष्ट

(भदौ ९, काठमाडौँ) । विकासराज आचार्यको निर्देशनमा रहेको फिल्म ‘नाइँ नभन्नू ल ५’ मा बाल कलाकार अनुभव रेग्मी ‘नीर’ र सेड्रिना शर्मा ‘अन्जना’ को भूमिकामा छन् ।

अभिनेत्री स्वस्तिमा खड्काको बालापनको भूमिका सेड्रिनाले निभाएकी छन् भने अभिषेक नेपालको बाल्यकालको भूमिकामा अनुभव देखिएका छन् ।

शुक्रवार राजधानीको बिग मुभिजमा फिल्मकोे विशेष शो राखिएको थियो । बर्षा राउत, दीपाश्री निरौला, सरोज खनाललगायतका चलचित्रकर्मीले फिल्म हेरेपछि ‘नाइँ नभन्नू ल ५’ उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे । विशेष शोमा सहभागी अधिकांश आँखाको आँसु पुछ्दै हलबाट बाहिरिएका थिए ।

फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेकी सेड्रिनाको सुन्दरता र अभिनयको अधिकांशले तारिफ गरेका छन् । अभिनेता खनालले त उनलाई भविष्यको ुसुपरस्टारु नै भनिदिए । डेब्यु फिल्म भएपनि उनले उत्कृष्ट काम पस्किएकी छन् ।

स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझीलगायतका कलाकार पनि आ(आफ्नो भूमिकामा फिट छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू