(भदौ ८, एजेंसी) । बलिउड अभिनेता अमिताभ बच्चनले बाढीपिडितलाई सहयोग गरेका छन ।
भारतको केरलामा आएको बाढिबाट घरबार विहीन भएकाहरुका लागि उनले आफ्ना पुराना लुगा दान गरेका हुन् ।
अमिताभले केही दिनअघि ६ वटा बाकसमा आफ्ना पुराना लुगा भरेर मुख्यमन्त्री राहत कोषमा पठाएका थिए । ती बाकसमा ८० वटा ज्याकेट, २५ वटा पाइन्ट र ४० जोडी जुत्ता रहेका छन् ।
अमिताभले बाढी पीडितका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग पनि गरेका छन् । यसैगरी अभिनेत्री अनुष्का शर्मा विराट कोहलीले भने बाढीमा परेकाहरुलाई औषधि र खाना पुर्याएको छन् ।
केरलामा १०० वर्ष यताकै भीषण बाढी आएको छ । बाढीले सयौंको ज्यान लिएको छ भने हजारौं बेघरबार भएका छन् ।






