मेयर शाहद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ, १३ असोज । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद — २०७९ को ट्रफी सार्वजनिक गरेका छन् ।  

ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गरेका हुन् । सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो ।

यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः