काठमाडौँ, २६ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले २३ भदौमा अनुमति दिएको थियो ।लामिछाने हाल देश बाहिर छन् ।






