नेपालले भुटानलाई ४ गोलले हरायो

काठमाडौँ, २१ भदौ । नेपालले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई ४–० ले हराएको छ ।

सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरेपछि नेपालले आज भएको साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई ४–० ले हराएको हो  । यससँगै प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । 

आजको खेलबाट नेपालका अमिषा कार्की, दीपा शाही र समीक्षा घिमिरेले डेब्यू गरेका थिए । उनै डेब्यू गरेकी अमिषाको पासमा सावित्राले गरेको गोलबाट नेपालले १२औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफमा एक शून्यले अग्रता लिएको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो । सावित्राले ६८औँ मिनेटमा नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । साफमा सावित्राले भुटानविरुद्ध गरेको यो दसौँ गोल हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः