काम गर्ने परम्परागत शैलीले शिक्षा विधेयक ल्याउन ढिलाइ भयो: मन्त्री पौडेल

काठमाडौँ, ३० साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले संसदको यही कार्यकालमा संघीय शिक्षा विधेयक ल्याउन चाहेको तर काम गर्ने परम्परागत शैलीले गर्दा  ढिलाइ भएको बताएका छन् ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बैठकमा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा कुनै पनि शिक्षासम्बन्धी विधेयक हाल प्रक्रियामा नरहेको बताए । प्रतिनिधिसभाको समयावधि सकिएपछि राष्ट्रियसभामा लगेर भए पनि शिक्षा विधेयक शून्यमा पुग्ने अवस्था नआउने उनले स्पष्ट पारे । उनले भने, ‘कानुनका विज्ञसँग सल्लाह गर्दा राष्ट्रियसभामा लैजान सल्लाह आएको छ ।’

मन्त्री पौडेलले गत वर्ष चार सय २२ जनाले नर्सिङ पढ्न भर्ना भएको जानकारी दिँदै नेपालमा पारामेडिसिन र नर्सिङ पढाइमा समस्या रहेको बताए । ख्वपः विश्वविद्यालय र नेपाल विश्वविद्यालय विधेयकअघि बढाइएको उनले जानकारी दिए । सांसदहरू योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, मीनबहादुर विश्वकर्मा, सरिता न्यौपाने, नवीना लामा, हितबहादुर तामाङ र रेखाकुमारी झाले कैलालीको गेटा मेडिकल कलेज र भक्तपुरको ख्वपः इञ्जिनियरिङ कलेजलाई विश्वविद्यालय बनाइनुपर्ने र नेपाल विश्वविद्यालय ऐन अघि बढाउन शिक्षा मन्त्रालय तत्पर हुनुपर्ने धारणा राखे। संघीय शिक्षा ऐन नहुँदा शैक्षिक क्षेत्र अन्यौलमा परेकाले तत्काल ऐन ल्याइनुपर्ने उनीहरूको जोड थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार