एसियाली खेलकूद– नेपाल क्वार्टर फाइनलमा

(भदौ ३, काठमाडौँ) ।  इण्डोनेसियाको जाकर्तामा भैरहेको एशियाली खेलकूद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टर फाइनल पुगेको छ ।

नेपाल समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको प्रशिक्षक सुदिप योन्जनले जानकारी दिएका छन् ।

नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् भने महिला टिममा नङ्शलदेवी तामाङ, रसिला महर्जन, जेसिका गुरुङ र अमिता गिरी रहेका छन् । महिला टिम इभेन्टमा नेपाल समूह चरणको खेलमा माल्दिभ्ससँग ३–२ सेटमा पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असोज । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले लोटो स्पोर्टसँग सम्झौता गरेको छ ।  सुदूरपश्चिमले एनपीएलको तेस्रो सिजनका

काठमाडौँ, २५ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्याडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् । ओमानस्थित अल अमिरातमा जारी

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार