एजेन्सी, २५ साउन । टेस्लाका मालिक एलन मस्कले थप ७.९२ मिलियन सेयर बेचेका छन् । बीबीसीका अनुसार जसको मूल्य करिब ४६.८८ बिलियन रहेको छ ।
सेयर गत हप्ता फर्मको वार्षिक सेयरहोल्डर बैठ पछि बिक्री भएको थियो । मस्कले ट्विटर किन्न बाध्य भएमा आफूलाई ४४ अर्ब डलर चाहिने बताएका थिए ।
अर्बपति मस्क हाल सोसल मिडिया प्लेटफर्म ट्विटरसँग कानुनी लडाइँमा फसेका छन् । गत महिना ट्विटर किन्ने सम्झौताबाट पछि हटेपछि उनी कानुनी लडाइँमा फसेका हुन् ।






