भारतको केरला बाढी : ३२४ जनाको मृत्यु, लाखौं घरवार विहिन

(साउन २, एजेन्सी) । भारतको केरला राज्यमा विगत १० दिनदेखि निरन्तर परेको वर्षाले बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ३२४ पुगेको छ भने २ लाखभन्दा बढी घरबारविहीन भएका छन् ।

केरलाका १३ जिल्ला बाढी तथा पहिरोबाट प्रभावित भएका छन् । शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले गरेको ट्युट्समा भनेका छन् ‘केरला बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ’, मुख्यमन्त्री पिनारायीले ट्वीट गर्दै भनेका छन्, ‘विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ ।’

मौसम विभागले वर्षा अझै केही दिन जारी रहने भएकाले सतर्क रहन आग्रह गरेको छ । वर्षापछि सडकसँगै हवाई उडान समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर