विद्यालयमा डीआई राखे कारबाही

काठमाडौँ, १८ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) ले विद्यालयमा डिसिप्लेन इन्चार्ज (डीआई) राख्न बन्द नगरे कारबाही गरिने बताएको छ ।

नेपाल समाचारपत्रसँग मंगलबार कुरा गर्दै प्याब्सनका अध्यक्ष डीके ढुंगाना र एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले विद्यालयमा डीआई राखेर विद्यार्थीमाथि भौतिक यातना र मानसिक तनाव दिने, विद्यार्थी नै थिचिने गरी झोला बोकाउने, मादक पदार्थ सेवन गरेर विद्यालय बस चलाउनेलगायतका विकृति अन्त्य हुनुपर्ने बताउनुभयो ।

अहिलेको २१ औं शताब्दीमा पनि डीआई राखेर विद्यार्थीलाई कारबाही गर्नु उचित नभएको भन्दै प्याब्सनका अध्यक्ष ढुंगानाले भन्नुभयो– ‘हामीले सबै विद्यालयलाई डीआई नराख्न, मापसे गरेर सवारी नचलाउन र विद्यार्थीलाई किताबको भारी नबोकाउन जानकारी गराएका छौं ।

यदि डीआई राखेर विद्यार्थीलाई यातना दिएमा आचारसंहिताविपरीत हुनेछ, त्यस्तो विद्यालयलाई हामी तत्काल कारबाही गर्नेछौं ।’ उहाँले यी विषयमा प्याब्सनले तत्काल सूचना जारी गरी विद्यालयलाई सचेत गराउने पनि बताउनुभयो । पछिल्लो समय इमाडोलस्थित युनाइटेड स्कुलका डीआईले विद्यार्थी पिटेको विषय सामाजिक सञ्जालमा भाइरल भएपछि निजी विद्यालयको छाता संगठनले सबै विद्यालयलाई डीआई नराख्न सुझाव दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

महोत्तरी, २० भदौ । सोनमा गाउँपालिका–६ मगरथानाबाट प्रहरीले करिब साढे दुई करोडको एयर वर्डस बरामद गरेको छ ।  सशस्त्र प्रहरीले

बाजुरा, २० भदौ । गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ

काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय

काठमाडौँ, २० भदौ । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा सात सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ