काठमाडौँ, १५ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए ।





