खस्कियो एसइई नतिजा

काठमाडौँ, १२ साउन । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खस्केको छ ।

कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ९ देखि २० सम्म सञ्चालन गरेको परीक्षाको बुधबार सार्वजनिक नतिजाअनुसार २०७५ सालको तुलनामा २०७८ को नतिजा कमजोर देखिएको हो ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले कोरोना कहरले बालबालिकाको सिकाइ प्रभावकारी नभएको बताउँदै अनलाइन कक्षासमेत प्रभावकारी नभएका कारण यसपालि नतिजा खस्केको दाबी गरे । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार