फ्राईडे रिलिज अन्तर्गत : ‘जय शम्भु’ सहित चार फिल्म आमनेसामने

(भदौ १, काठमाडौँ) ।  फ्राईडे रिलिज अन्तर्गत हलमा आजबाट चार फिल्म पर्दशन भैरहेको छ ।

विशारद बस्नेत निर्देशित ‘मिस्टर भर्जिन’, प्रदिप श्रेष्ठको ‘ब्ल्याक’, रुपेश तामाङ निर्देशित ‘जय शम्भु’ र लय संग्रौलाको ‘१२ मासे’ले हलमा व्यापारिक प्रतिस्पर्धा गर्न थालेको छ  ।

‘मिस्टर भर्जिन’

तीन भर्जिन युवाको एक रातको कथा बोल्ने ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणी नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मले सेन्सर बोर्डबाट ‘एडल्ट सर्टिफिकेट’ पाएको छ ।

‘ब्ल्याक’

अभिनेत्री आँचल शर्मा र  आकाश श्रेष्ठ रहेको फिल्म  ‘ब्ल्याक’ मा यी दुईको प्रेममा आउने उतारचढावको कथा वाचन गरेको छ । फिल्ममा  आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्यको लगायतका कलाकारहरुको अभिनय रहेको छ।

‘जय शम्भु’

भिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाहीको यसमा प्रमुख भूमिका रहेको फिल्म ‘जय शम्भु’ मार्फत् पहिलो पटक दुई ह्याण्डसम भिलेन पर्दामा देखिएका छन् । फिल्ममा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताबीचको द्वन्द्व देख्न सकिन्छ ।

‘१२ मासे’

जयकिशन बस्नेत प्रमुख भूमिका रहेको कमेडी फिल्म ‘१२ मासे’  बिना प्रचार रिलिज भएको यसले जुवा तासमा हल्लिने युवा तथा बृद्धहरुको कथालाई उठाइएको छ । फिल्ममा  प्रदीप पाठक, पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष