भाजपाका संस्थापक तथा भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको मृत्यु

(साउन ३१, एजेन्सी) । भारतीय जनतापार्टीका संसाथपक तथा भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बजपेयीको आज ९३ वर्षको उमेरमा मृत्यु भएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)मा उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन् । वाजपेयी एम्समा नौ हप्तादेखि उपचाररत थिए। एम्सले जारी गरेको प्रेस रिलिजमा उनको मृत्यु भएको उल्लेख गरिएको छ ।

वाजपेयीलाई डिमोन्शिया नामको गम्भीर रोग तथा मधुमेह लागेको थियो । यसअघि पनि मिर्गौलामा संक्रमण देखिनुका साथै अन्य स्वास्थ्य समस्या देखिएपछि उनलाई एम्समै भर्ना गरिएको थियो ।

वाजपेयी तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । वाजपेयी दश पटकसम्म लोकसभामा चुनिएका व्यक्ति हुन् । उनी दोस्रो लोकसभादेखि १४औँ लोकसभासम्म सांसद भएका थिए । उनी देशको सर्वोच्च नागरिको सम्मान भारत रत्नले पनि सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा