मलेसियाले नेपाली कामदार लैजान जीटूजी सम्झौता गर्ने

(साउन ३०, काठमाडौं)। मलेसियाका प्रधानमन्त्री महाथीर मोहमदले नेपाली कामदार मलेसिया लैजान  जीटूजी सम्झौता गर्ने  भएका  छन् ।

प्रधानमन्त्री मोहमदले नेपाली कामदार ल्याउन नेपाल सरकारको निर्णयभन्दा विपरित जान नसक्ने भन्दै उनले नेपाल कामदार पठाउन इच्छुक रहेको र आफूहरु पनि नेपाली कामदार ल्याउन तयार भएकाले जीटूजी गर्न तयारी गरेको बताएका छन् ।

महाथीर मोहम्मदको नेतृत्वमा नयाँ  सरकार बनेपछि पुरानो सरकारले चलाएको ठगी धन्दा रोक्ने गरी अहिले प्रकृया अघि बढेको छ । जेठ ३ गते भन्दाअघि भिसा लागिसकेको कामदारका लागि भने नेपाल सरकारले केही समयअघि अन्तिम श्रम स्वीकृति खुल्ला गरेको थियो ।

समस्या समाधानका लागि नेपालसँग समझदारी (एमओयू) गर्ने तयारी भइरहेको मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले जानकारी दिएका छन् । एमओयू प्रस्ताव संसदमा पेश गर्ने र आवश्यक प्रक्रियाका लागि नेपाल आउने  बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा