(साउन ३०, एजेन्सी) । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा रहेको मोटरेबल पुल भत्किँदा कम्तीमा २६ जनाको ज्यान गएको छ भने १५ जना गम्भीर घाइते भएका छन् भने १ दर्जन हराइरहेका छन् ।
मङ्गलबार विहान १० बजे उक्त पुल भत्किएको हो । पुलको २०० मिटर भाग भत्किएको छ । ४५ मिटर अग्लो पुल भत्किँदा ३० भन्दा बढी गाडी बज्रेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इटलीका गृह मन्त्री म्यातियो साल्भिनीले झण्डै २०० जना उद्धारकर्ताहरु उद्धारमा संलग्न रहेको जनाएका छन् ।





