पटक-पटक प्रश्नपत्र आउट

काठमाडौँ, २८ असार । सरकारले सेन्टर अफ एक्सिलेन्स प्रमाणित गर्न आगामी आवमा करोड बजेट विनियोजन गरेको त्रिभुवन विश्वविद्यालयले अराजकताको सीमा नाघेको छ। लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षामा पटकपटक प्रश्नपत्र दोहोरिंदा पनि त्रिविले आफूले गरेको गल्ती कहिल्यै स्वीकार गर्न सकेको छैन। 

पटकपटक प्रश्नपत्र आउट गर्ने घटना त्रिविलाई सामान्य भइसकेको छ। त्यसको पछिल्लो घटना असार २२ को हो। त्यस दिन बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ अर्गनाइजेसन बिहेबियर’ को प्रश्नपत्र  दोहोरिएको हो। सो प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो। त्यसपछि शनिबार मात्रै त्रिविको बीबीए छैटौं सेमेस्टरको ‘नेप्लिज सोसाइटी एन्ड पोलिटिक्स’ विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रसँग मिलेको थियो। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरुले नेपाललाई क्षतिपूर्ती तिर्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २० भदौ । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६

काठमाडौँ, १९ भदाै । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘ग्रीन आर्मी नेपाल’ जस्ता सैनिक प्रकृतिका गैरसरकारी संस्थाको औचित्यमाथि प्रश्न

काठमाडौँ, १९ भदाै । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको