पाठ्यपुस्तक छाप्न नसक्ने जनक शिक्षा खारेज गरौं : सांसद लामा

काठमाडौँ, २६ जेठ । नेकपा एमालेको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छपाइ गर्न नसकेको बताएकी छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले मुख्यगरी अहिले कक्षा ६ र ८ को पुस्तक अभाव भएको बताइन् । उनले भनिन्, “कक्षा ६ र आठको पुस्तकको अभाव छ, किन पुस्तकको अभाव भयो, जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक पाएनन् “यदि, छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र किन चाहियो ? सरकारले किन पैसा दिइरहने ? खारेज गरौँ ।

पाठ्यपुस्तक छपाइ गर्ने र वितरण गर्न नसक्ने भए जनक शिक्षा सामग्री केन्द्र नै खारेज गर्न उनले माग गर्दै उनले थपिन् “यो कमजोरीको जिम्मा जनक शिक्षा सामग्री केन्द्रले लिनुपर्दैन ? उहाँहरू जवाफदेही बन्नुपर्दैन ?, “बेलैमा कागज किन्न नसक्ने, छाप्न नसक्ने किन भयो ? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन्, कारबाही गर्नुपर्छ ।” उनले वैकल्पिक व्यवस्थाबारे सोचेर निजीलाई दिनुपर्ने र समयमा पाठ्यपुस्तक पठाउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । नेपाल दाना उद्योग संघले सुदूरपश्चिम क्षेत्रमा आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितको राहत तथा पुनर्स्थापनाका

काठमाडौँ, १९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १९ भदौ । प्राकृतिक विपत्तिका कारण मुलुक आक्रान्त बनेका बेला फिल्म ‘गौँथली’ निर्माण टिमले मानवीय सहायताका लागि हात अगाडि

काठमाडौँ, १९ भदौ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री