(साउन २५, एजेन्सी) । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने आएका आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् ।
घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद हेमटका अनुसार आक्रमणमा परि कम्तीमा २० सुरक्षाकर्मी घाइते भएका र १४ सुरक्षाकर्मीको हत्या भएको छ ।
प्रहरी प्रमुख फरिद अहमद मसालका अनुसार दोहोरो भिडन्तका कारण कतिपय पसलहरुमा आगजनी भएको छ ।





