मोर्डन स्कुललाई ३–१ गोल अन्तरले हराउदैं जनप्रेमीले चुम्यो उपाधी

(साउन २४, भक्तपुर) । भक्तपुरमा आयोजना भएको जिल्लाव्यापी अण्डर–१६ फुटसल गोलकपमा मोर्डन स्कुललाई ट्राइव्रेकरमा ३–१ गोलले हराउदै जनप्रेमी स्कुलले उपाधी चुमेको ।

भक्तपुरका तीन नगरपालिका सुर्यविनायक, चाँगुनारायण, मध्यपुर थिमीको सहयोगमा युवाका साथ साथ आवाजले गत मंगलबारदेखी आयोजना गरेको गोलकपमा जिल्लाका ३२ बिद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रेसियस स्कुलले क्याण्डेड इन्टनेशनल स्कुललाई १–० को गोल अन्तरले हराउँदै तेस्रो स्थान हात पार्न सफल भयो ।

जिल्ला युवा समितिको कार्यालय भक्तपुर र गैर सरकारी संस्थिा महासंघ भक्तपुरको समन्वयमा आयोजित गोलकपमा प्रथम, द्धितिय र तृतिय हुने बिद्यालयलाई प्रदेश नं. ३ का प्रदेश सांसद शशिजंग थापाले नगद रु. १५ हजार, १० हजार र ५ हजार नगदसहित पदक तथा शिल्ड प्रदान गरे । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पदक प्रदान गरियो ।

प्रतियोगिताको समापन गर्दै प्रदेश सांसद थापाले खेलकुदको विकासले मात्र अन्र्तर्राष्ट्रिय रुपमा नेपालको परिचय र गौरव स्थापित हुन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा ध्यान बढाउनुपर्नेमा जोड दिए । खेलकुदले युवाको शारिरीक, मानसिक र बौद्धिक विकास हुने भएकाले युवा शक्तिको सहि परिचालनमा पनि खेलकसदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने थापाले बताए । कार्यक्रममा गैसस महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं) ले सरकारले खेलकुदको विकासका लागि भक्तपुरमा अन्र्तर्राष्ट्रिय रंगशाखा निर्माण गर्ने तयारी गर्नु भक्तपुरवासीको लागि गौरवको बिषय भएको उल्लेख गरे । उनले प्रत्येक प्रदेशमा अन्र्तराष्ट्रिय र राष्ट्रियस्तरका खेल मैदान निर्माण गरेर युवाहरुलाई खेलकुदलाई पनि पेशाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष राजेश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला युवा समिति भक्तपुरका प्रमुख पदमराज जोशी, नगरस्तरिय बाल कल्याण समिति सुर्यविनायकका संयोजक दिपक बिशुंके, संस्थाका संस्थापन दिपेश बिशुंके, सचिव श्रीकृष्ण थापालगायतले युवा सशक्तिकरण र खेलकुलको तिव्रत्तर विकासका लागि सरकारले खेल क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

फुटसल गोलकपको उद्घाटन प्रतिनिधीसभा सांसद महेश बस्नेतले गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि