(साउन २४, एजेन्सी)। बलिउड फिल्म निर्देशक करण जोहरले धर्मा प्रोडक्शन्सको अहिले सम्मकै महंगो फिल्म ‘तख्त’ बनाउने भएका छन् ।
जोहरले फिल्मको कहानीबारेको जानकारी र कलाकारहरुको नामसहितकोे ट्वीट गरेका छन् । फिल्ममा करिना कपूर खान, रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, भूमि पेडनेकर, जान्हवी कपूर र अनिल कपूरलगायतका कलाकारहरु रहनेछन् ।
उनको ट्वीटमा भनेका छन् फिल्म ‘तख्त’मा प्रेमका लागि यूद्ध हुनेछ । जान्हवी कपूर यस फिल्ममा अभिनेता विक्की कौशलकी श्रीमतीको भूमिकामा देखिनेछिन् । अभिनेत्री करीना कपूर खान र आलिया भट्ट रणवीर सिंहको जोडीको रुपमा अभिय गर्नेछन् । अभिनेता अनिल कपूर शाहजहाँको भूमिकामा देखिने बताइएको छ ।






