नेपाल आईडल सिजन २ आज देखी सुरु

(साउन २४, काठमाडौँ) । नेपाल आइडल सिजन २ आज  श्रावन २४ गते बिहिबार देखि सुरु हुने भएको छ ।

हरेक बिहिबार र सुक्रबार बेलुकी ८:३० बजे प्रसारण हुने नेपाल आइडल सिजन २ एपी १ टिभी ले प्रसारण गर्न लागेको हो । देशभरका प्रमुख सहरहरुमा भएको हजारौ प्रतिस्पर्धीको अडिसन पछि छानिएका उत्क्रिस्ट १८ प्रतिस्पर्धीले अब नेपाल आइडल सिजन २ मा आफ्नो गायन प्रतिभा देखाउने छन् ।

अघिल्लो सिजनमा सुशील नेपाल र रिमा विश्वकर्माले संचालन गरेको नेपाल आइडललाई यो सिजनमा भने आसिफ शाह संग मिलेर रिमा विश्वकर्माले संचालन गर्ने भएकी छिन् । नेपाल आइडल सिजन २को जजमा न्यु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने छन् भने कार्यक्रम संचालनमा आसिफ शाह र रिमा विश्वकर्माले गर्ने भएका छन् ।

८ हप्ता सम्म चल्ने यो नेपाल आइडल सिजन २ ले अठारौ हप्तामा नेपाल आइडल २ को बिजेता प्राप्त गर्नेछ । नेपाल आइडल बिजेताले होन्डाको कार सहित २२ लाख नगद, एउटा भिडियो एल्बम र वोल्ड टुर पुरस्कार पाउने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्