(साउन २४, एजेन्सी) । । बेलायतमा पूर्वजासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई विषालु ग्यास आक्रमणमा रुसको संलग्नता पुष्टि भएको भन्दै अमेरिकाले रुसमाथि तिबन्धको तयारी गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयको राज्य विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्व जासुसमाथिको आक्रमणमा रुस दोषी देखिएकाले प्रतिबन्धमा इलेक्ट्रोनिक लगायत प्राविधिक सामानहरुको निर्यातमा प्रतिबन्ध कार्यान्वयन हुने जनाएको छ ।
रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुने बताइएको छ । अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नार्टले अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्दै रुसले आफ्नै नागरिकविरुद्ध रसायनिक तथा जैविक हतियार प्रयोग गरेकाले प्रतिबन्ध लगाउन लागेको बताएकी छन् ।





