(साउन २३, एजेन्सी) । म्यान्चेष्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले बार्सिलोना जाने इच्छा ब्यक्त गरेका छन् ।
फ्रेन्च खेलाडी पोग्बाले वर्तमान क्लब युनाइटेडसमक्ष आफू बार्सिलोनामा खेल्न इच्छुक रहेको र त्यसका लागि वातावरण मिलाउनका लागि अनुरोध गरेका छन् ।
पोग्बाले बार्सिलोनासँग हप्ताको तीन लाख ५० हजार पाउण्डको मौखिक सहमति गरिसकेको बताइएको छ । २५ वर्षे पोग्बाले क्लबका कार्यकारी उपाध्यक्ष एड उडवाडलाई म्यासेज समेत गरिसकेका छन् । तर क्लबले उनको अनुरोधलाई अस्वीकार गर्ने बुझिएको छ ।
दुई वर्षअघि पोग्बा इटालियन क्लब युभेन्टसबाट त्यसवेलाको विश्व कीर्तिमानी रकम ८९ मिलियन पाउण्डमा युनाइटेडमा आबद्ध भएका थिए ।






