एनसेलको चुनाव लक्षित आकर्षक बोनस डेटा अफर

काठमाडौँ, २७ बैशाख । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ ।

यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्ने जनाइएको छ । यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।

एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्नेले १ दिनको लागि मान्य हुने ५० एमबी डेटा, १०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिन समय सीमा भएको २०० एमबी डेटा पाउने एनसलेले जनाएको छ । त्यसैगरी २०० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ५०० एमबी डेटा पाउने जनाइएको छ । नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकहरूका लागि कम्बो प्याक रहेको छ जसमा ५जीबी डेटा भोल्युम र १०० मिनेट अलनेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित १६८ रुपैयाँ पर्ने यो प्याक एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी सजिलै लिन सकिने कम्पनीले जनाएको छ । भ्वाइस सेवा मात्र चाहिने ग्राहकहरूले ९४ रुपैयाँमा ७ दिनका लागि मान्य १५० मिनेटको अलनेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताहरूले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरि भ्वाइस प्याक लिन सक्ने जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको