इन्डोनेसियामा शक्तिशालि भूकम्प : ९८ को मृत्यृ, हजारौं घरबारविहीन

(साउन २२, एजेन्सी) । इन्डोनेसियामा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ भने २० हजारभन्दा वढी घरवारविहिन भएका छन् ।

इन्डोनेसियाको लोम्बोक प्रान्तमा आइतवार बेलुका ६।९ म्याग्नीच्युडको भूकम्प गएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् । भूकम्पबाट प्रभावितहरूलाई राहत तथा उद्धारका कामहरु पनि भइरहेको छ ।

यही क्षेत्रमा गत साता आएको ६।४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए । त्यस्तै २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९।१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पले सुनामी समेत आएको थियो । जसका कारण एक दर्जन तटीय मुलुकका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० साउन । विभिन्न मुद्दाका १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनुषा प्रहरीका अनुसार पक्राउ परेका मध्ये १०

जनकपुरधाम, ३० साउन । लागु औषध खैरो हिरोइनसहित एक युवालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका

काठमाडौँ, ३० साउन । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले आज पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र