गीतकार अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ तीज गीत रिलीज (भिडियो सहित)

 (साउन २१, काठमाडौं) ।  गीतकार तथा सञ्चारकर्मी गीता अधिकारीको ‘एतै घमाइलो उतै घमाइलो’ बोलको  तीज गीत सार्वजनिक भएको छ ।

सोमबार राजधानीमा कार्यक्रमको आयोजना गरि मिलापको प्रस्तुति रहेको तीज गीत  सार्वजनिक गरिएको हो । नेपालको पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको कार्यक्रममा गीत निर्माणमा सहयोग पुर्याउँने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा घर्तीले गीतको तारिफ गर्दै उनले सबै महिलाकाहरुको नेतृत्व गर्दै जागरण सम्बन्धि तीज गीत साथै सन्देश मुलक तीज गीत ल्याएको बताइन । नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, बरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंहलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

 सो म्यूजिक भिडियोमा  नेपालको पहिलो नायिका भुवन चन्द,  पहिलो रङ्गीन चलचित्रको नायिका चैत्यदेवी, हास्य सम्राज्ञी बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरे लगायतका अभिनय रहेको छ ।

सारिका घिमिरेको स्वरमा रहेको  गीतमा दीपक शर्माको सङ्गीत तथा सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन ।

भिडियो 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ राष्ट्रिय पुरुष तथा ११औँ राष्ट्रिय महिला बक्सिङ च्याम्पियनसिप–२०८३ अन्तर्गत उद्घाटन दिनका

काठमाडौँ, ११ असार । पूर्वाञ्चल विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालयमा Purbanchal University Management System (PUMS) को कार्यान्वयन गर्ने

काठमाडौँ, ११ असार । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एकजना भारतीय नागरिकलाई

भक्तपुर, ११ असार । जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ । बर्डफ्लू