इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति

काठमाडौँ, १६ बैशाख । नेपालले इन्टरनेट सेवामा लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षका लागि तय गरिएको इन्टरनेट ग्राहकको घनत्व, फिक्स्ड ब्रोडब्यान्ड सेवा विस्तार तथा मोबाइल ब्रोडव्यान्ड सेवा विस्तारजस्ता सूचकांकमा लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको हो । 

मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्ममा हासिल गर्नुपर्ने लक्ष्य चैत मसान्तअगाडि नै पूरा भइसकेको छ । मन्त्रालयका अनुसार चालू आवमा इन्टरनेट ग्राहकको घनत्व ९२ प्रतिशत पुयाउने लक्ष्य लिइएको थियो । गत आवसम्ममा ९० प्रतिशत रहेको घनत्व  अहिले भने १२२.५१ प्रतिशत पुगिसकेको छ ।

फागुन मसान्तमै ११६.९१ प्रतिशत रहेको इन्टरनेट ग्राहकको घनत्वमा चैतमा ५.६ प्रतिशतले वृद्धि भएको छ । यस्तै, फिक्स्ड ब्रोडब्यान्ड सेवा तथा मोबाइल ब्रोडब्यान्ड सेवा दुवैमा उल्लेख्य सुधार आएको छ। फिक्स्ड ब्रोडव्यान्डतर्फ गत आवसम्ममा २५.०९ प्रतिशत रहेकोमा चालू आवमा यसलाई २७.८१ प्रतिशतमा पुर्‍याउने लक्ष्य रहेको थियो । तर, चैत मसान्तसम्ममा कुल जनसङ्ख्याको ३१.६२ प्रतिशतमा यो सेवा पुगिसकेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

भक्तपुर, १४ भदाै । विपद्पछिको उद्धार तथा राहत र रसुवामा आएको बाढीबाट उत्पन्न समस्याबारे भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको