परीक्षामा भीडभाड नगर्न गृह मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ, १४ बैशाख । गृह मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयको लिने हरेक किसिमका परीक्षामा बाह्य मान्छेको भीडभाड बढेको भन्दै ध्यानाकर्षण गरेको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति जारी गरी विभिन्न विश्वविद्यालय तथा विद्यालय तहका वार्षिक वा अन्य परीक्षामा परीक्षार्थीलाई उत्तरपुस्तिका वितरण गर्नुपूर्व वा परीक्षा अवधिभर कार्यालय प्रयोजनको लागि बाहेक अन्य कुनै पनि प्रकारको तस्बिर वा भिडियो नलिन आग्रह गर्नुभएको हो ।

उहाँले परीक्षामा तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा ठूलो सङ्ख्यामा बाह्य व्यक्ति एकैपटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ भदौ । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । प्रहरीका अनुसार मकालु गाउँपालिका वडा नम्बर–१ स्थित

पोखरा, १९ भदौ । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको गाडी खस्दा २ जनाको मृत्यु भएको छ । अरु २ जनाको

काठमाडौँ, १९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १,२९० जनाको शव फेला परेको

काठमाडौँ, १९ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ